आयात घटेपनि व्यापार घाटा १४ खर्ब भन्दामाथि

काठमाडौं – एक वर्षमा नेपालले झन्डै १६ खर्ब रुपैयाँ बराबरको आयात गरेको छ। भन्सार विभागले प्रकाशन गरेको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०८०/८१ मा नेपालले कुल १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको आयात गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो १.१६ प्रतिशतले कम हो, जहाँ आयात १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख रुपैयाँ बराबर थियो।

आयात र निर्यातमा अझै सुधार आउन सकेको छैन। अघिल्लो आवको तुलनामा निर्यात ३.०३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष कुल १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो भने गत आवमा १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ कायम भएको छ।

गत वर्ष नेपालले कुल १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। तर, आयातको तुलनामा निर्यात ज्यादै कम हुँदा व्यापार घाटा साढे १४ खर्ब कायम भएको छ। भन्सार विभागका अनुसार, गत वर्ष नेपालले कुल १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय