समानुपातिकमा हालसम्म १ करोड ४ लाख ६९ हजार ७५६ मत गणना,कसको मत कति

काठमाडौंँ -प्रतिनिधिसभा समानुपातिकतर्फ हालसम्म १ करोड ४ लाख ६९ हजार ७५६ मत गणना भएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म नेकपा एमालेले २८ लाख १० हजार ४४१ मत पाएको छ भने नेपाली कांग्रेसले २६ लाख ८४ हजार ६५७ मत पाएको छ ।


नेकपा माओवादी केन्द्रले ११ लाख ६३ हजार ७६० मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ६७० मत पाएको छ । समानुपातिकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ७४८ मत, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार ९५४ मत, जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ मत पाएको छ ।

नेकपा एकीकृत समाजवादीले २ लाख ९५ हजार ४३७ मत पाएको निर्वाचन आयोगले जनाएको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६६९ मत र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २८९ मत पाएका छन् । 

प्रतिक्रिया