काठमाडौं - नेष्डो समृद्ध लघुवित्तको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । कम्पनीको अब नेप्सेमा कारोबारको लागि बाटो खुलेको छ ।
कम्पनीको आज सोमबार (चैत १४ गते) बाट यसको शेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ ।
जसअनुसार पहिलो कारोबार न्यूनतम २६० रुपैयाँ ८४ पैसादेखि अधिकतम ७८२ रुपैयाँ ५२ पैसाभित्र रहेर हुनेछ । एनइएसडीओ संकेतमा यसको कारोबार खुला हुनेछ । नेष्डोको चुक्ता पुँजीका आधारमा कायम कुल २५ लाख ५० हजार कित्ता सेयर सूचीकरण गरिएको हो ।
नेष्डोले फागुन ११ गतेबाट १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको थियो ।
यसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५% कर्मचारीहरुका लागि छुट्याइएको थियो । सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन दिएका हुन् ।