एकै दिनमा घट्याे सुनको मूल्य, तोलामा कति

काठमाडाैं - नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलाम १ हजार ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया