काठमाडौं - नाबालिका बलात्कार उजुरीमा नायक पल शाह समस्यामा पर्दै जाने देखिएको छ । २ ठाउँबाट आरोप दर्ता भएसँगै समस्या झन् बल्झिएको हो ।
पहिलो आरोपमा हिरासतमा रहेका शाहलाई त्यस्तै आरोपमा बयानको लागि गैंडाकोट लगिएको छ ।
उनलाई आज बिहान जिल्ला प्रहरी कार्यालय तनहूँबाट गैडाकोट लगिएको हो । एक नाबालिगले आफुलाई बलात्कार गरेको उजुरी नवलपरासिमा दर्ता गरेपछि बयानको लागि शाहलाई उता लगिएको हो । गैँडाकोट–५ स्थित गैँडाकोट रिसोर्टमा विसं २०७७ चैत ७ गते गीत सुटिङका क्रममा कलाकार पल शाहबाट बलात्कृत भएको भन्दै एक १७ वर्षीया गायिकाले उजुरी दिएकी थिइन् ।