निरन्तर ओरालो यात्रामा नेप्से

काठमाडौं । साताको अन्तिम दिन समेत सेयर बजार ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रका सूचक सबल बन्दैं गएको रिपोर्ट सार्वजनिक गरेपनि सेयर बजारमा भने सुधार तिर जान सकेको छैन ।

केही बढेको बजारबाट लगानीकर्ताले प्रोफिट बुक गरेका र अहिले करेक्सन फेजमै रहेकाले पोजेटिभ समाचारले पनि बजारमा उत्साह जान सकेको छैन ।

यता, बैंकहरुले निक्षेप र कर्जा दुवैको ब्याजदर घटाएको विवरण समेत सार्वजनिक गर्दा सेयर बजारमा सुधार आउन सकेको छैन । अहिले अर्थमन्त्री प्रधानमन्त्री पुष्प कमल दाहालले लिएका छन् । भावि अर्थमन्त्री को आउने कस्तो आउने अन्यौलले पनि बजार प्रभावित बन्न पुगेको हो ।

 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अकंले घटेर १९३३.३१ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५८ कम्पनीको ३४ लाख २ हजार २६७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ रुपैयाँको कारोबार भएको छ ।

बिहिबार ९ उपसूचक राताम्य भएका छन् । आज हाइड्रोपावर समूहको ०.०१ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.३५ प्रतिशत, अन्य समूहको ०.१२ प्रतिशत र ब्यापार समूहको १.४१ प्रतिशतले सेयर मूल्य बढेको हो ।

प्रतिक्रिया