बुधबारदेखि सेयर बजार फेरि सञ्चालन हुने

काठमाडौं । पर्सि बुधबारदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डसँग परामर्श गरेपछि नेप्सेले बजार सञ्चालन गर्ने निर्णय गरेको हो। बोर्डका एक अधिकारीका अनुसार यसबारे औपचारिक सूचना नेप्सेलाई पठाइने र नेप्सेले नै सार्वजनिक गर्नेछ।

यसअघि नेप्सेले असोज २ गतेसम्म कारोबार बन्द रहने सूचना जारी गरेको थियो। तर नयाँ निर्णयसँगै उक्त सूचना खारेज गरिएको छ। भदौ २३ र २४ गते काठमाडौंसहित विभिन्न शहरमा जेन–जी प्रदर्शनका क्रममा भएको तोडफोडपछि २४ गतेदेखि सेयर बजार बन्द गरिएको थियो। यसअघि पनि भूकम्प र कोरोना महामारीका बेला लामो समय बजार बन्द भएको अनुभव रहेको छ।

प्रतिक्रिया