काठमाडौ - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सबैको ध्यान तानिरहेका छन् । मत गणना अब अन्तिम अन्तिम चरणमा समेत पुगेको छ ।
आज बिहान सार्वजनिक भएको पछिल्लो मतपरिणाम बालेनले ५००५० मत पाएका छन् ।
एमाले उम्मेदवार केशव स्थापित अहिले तेस्रो स्थानमा पुगेका छन् उनले २९१५९ मत पाएका छन् भने कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले ३००९९ मत ल्याएकी छन् ।
बालेन शाह सिर्जना भन्दा करिब २० हजार धेरै मतले अघि रहेका छन् ।