• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

के विष्णु माझीलाई कसैले सार्वजनिक गर्न सक्छ ? ( भिडियो सहित )

काठमाण्डौ - करिब २ वर्ष पहिला सार्वजनिक भएको गीत "सालको पात" सुपर हिट भएपछि चर्चामा आएकी लोकप्रिय गायिका विष्णु माझी यति बेला फेरि सबैको नजरमा पर्न सफल भएकी छन् ।

उनको पछिल्लो गीत चरी जेलैमा सुपर हिट भएसँगै माझीको फेरि खोजी हुन थालेको छ । संयोग के छ भने अहिलेको उनको गीत बाहिर बाट हेर्नेको लागि उनकै कथा हो कि जस्तो समेत देखिएको छ । त्यसै कारणले पनि माझी चर्चामा आएकी हुन् । उनको पछिल्लो गीतले छोटो समयमै लाखौं दर्शक बनेर अहिले चर्चामा छ ।

गीतले सार्वजनिक भएको केही दिनमै ५० लाख भन्दा धेरै दर्शक बनाई सकेको छ। बिना प्रमोसन गीतले चर्चा पाउन सफल भएपछि मूलधार र अन्य मिडियाहरुले समेत माझीको गीतलाई समाचार बनाएर प्राथमिकताका साथ प्रकाशन गरेका छन् । धेरै दर्शकहरुले बिष्णु माझीले योपटक गायको गीत उनको जीवनसँग मेल खाएको भन्दै बिष्णु माझीलाई कसैले पनि यसरी पनि राख्न सक्ने प्रतिक्रिया दिएका छन् ।

उता त्योभन्दा पहिला पनि विष्णु माझीको विषयमा व्यापक खोजी भएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले उनका श्रीमान सुन्दरमणी अधिकारीलाई प्रशासन मै बोलाएर यस विषयमा सोधखोज गरेको थियो । सबैको अगाडी बिष्णु माझीले आँफु गोप्पे रहनु आफ्नो राजीखुसीका कारणले भएको बताएपछि प्रशासनले उनीहरुलाई घर पठाएको थियो । आफ्नो पारिश्रमिक एक लाख बाट बढाएर दुई लाख बनाइसके पछि विष्णु माझीलाई संगीतमा कम अफर आउने गरेको जानकारहरु बताउँछन् । त्यसमाथि लगाउने र कोरोना महामारीका कारणले समेत असर गरेको देखिन्छ ।

त्यस्तै बिस्नु माझिको जस्तै सुमधुर आवाज भएकी बिष्णु माझी की बैनि जीवन माझिको समेत खोजी हुन थालेको छ । जीवनले केही गीतमा आवाज दिई सकेकी छन् । यस विषयमा गरिएको विश्लेषण सहितको भिडियो हेर्नुहोस ।

 

प्रतिक्रिया