काठमाण्डौ - कुमारी बैंकको नाफामा उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार करिब ७५ प्रतिशतले बढेको छ ।
बैंकले बिहीबार गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा २ अर्ब ११ लाख रुपैयाँ भएको जनाएको छ। यही अवधिमा अघिल्लो आर्थिक बर्ष बैंकको नाफा एक अर्ब १५ करोड ८५ लाख रुपैयाँ थियो ।
त्यस्तै बैंकका अन्य सूचक पनि बढेका छन् । आधार दर १०.०८ प्रतिशतबाट ७.९ प्रतिशतमा झारेको बैंकङ्को प्रति सेयर आम्दानी बढेको छ। बैंकको प्रति सेयर आम्दानी १४.४२ रुपैयाँ पुगेको छ।
गत बर्ष बैंकले ऋण बिस्तार करिव २५ प्रतिशतले गरेको छ भने निक्षेप संकलन साढे २७ प्रतिशतले गरेको छ। बैंकले स्प्रेड दर ४.०७ बाट झारेर ३.१३ प्रतिशतमा काम गरेको छ। न्यूनतम स्प्रेडमा काम गर्दासमेत बैंकले नाफा बढाउन सफल भएको हो।