स्मृतिले निर्देशन गरेको भिरको खनियो चर्चामा,संघर्षले सफलताको शिखर चुम्दै "गुरुआमा"

काठमाडौं - नेपाली सांगीतिक क्षेत्रमा निकै कम मात्र महिला निर्देशक छन् । भएका हरूले निकै सङ्घर्ष गरेर आफू स्थापित हुन खोजिरहेका छन् । 

यस्तै नेपाली सांगीतिक जगतमा शून्यबाट आएर एक सफल निर्देशकको रुपमा स्थापित नाम हो, स्मृति तिमिल्सिना । उनलाई धेरैले "गुरुआमा" भनेर पनि सम्बोधन गर्छन् । हजारौं गीतमा निर्देशन गरिसकेकी तिमिल्सिनाले सयौ गीतमा अभिनय समेत गरेकी छन् । 

उनले निर्देशन गरेका केही गीतहरु यही हप्ता सार्वजानिक भएका छन् । त्यो मध्य पनि भिरको खनियो निकै चर्चामा आएको छ । गीत सार्वजनिक भएको २४ घण्टामा सामाजिक सञ्जालमा निकै चर्चा कमाउन सफल भएको । Tiktok मा मात्र यस गीतका ३० हजार भन्दा धेरै भिडियो बनाइएको छ । 

गीतमा रेशम निर्दोष र अमृता नेपालीको आवाज रहेको छ भने रेशम र रमेश परियारले गीतलाई मिलेर बनाएका हुन् । भिडियोमा ओवि रायमाझी,रञ्जिता गुरुङ र प्रिया सरु मगरले अभिनय गरेका छन् । 

गीतमा स्मृतिले निकै कलात्मक निर्देशन गरेकी छन् भने सुरेश श्रेष्ठले भिडियो खिचेका हुन् भने प्रकाश धमलाले सम्पादन गरेका छन्  । 

 

प्रतिक्रिया