नेपाल पुनर्बीमा कम्पनीको सेयर बेच्दै विशाल ग्रुप

काठमाडौ। नेपाल पुनर्बीमा कम्पनीमा आफ्नो नाममा रहेकोमध्ये १५ लाख कित्ता सेयर विशाल ग्रुपले बिक्रीमा राखेको छ।

ग्रुपको नाममा रहेकोमध्ये १५ लाख कित्ता संस्थापक सेयर मंगलबार बिक्रीमा राखिएको हो। बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले मंगलबार एक सूचना जारी गर्दै सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीबाट आवेदन मागेको छ ।

सेयर खरिदका लागि इच्छुक संस्थापकले माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रति कित्ता ३२५ रुपैयाँ तोकिएको छ। सो मूल्य भन्दा कम मूल्य अंकित गरी पेस गरिने आवेदन स्वत: रद्द हुने छ। सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम २ लाख कित्ताका लागि आवेदन दिनु पर्नेछ।

प्रतिक्रिया