• गृहपृष्ठ /
  • समाचार ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

उत्कृष्ट शब्द संगीत सहित जीवन कँडेलको नयाँ गीत झल्को आँखैमा सार्वजनिक

काठमाण्डो - जापानमा रहेर पनि निरन्तर आफ्नो संगीत कर्ममा लागिरहेका सर्जक तथा गायक जीवन कँडेलको नयाँ गीत झल्को आँखैमा भर्खर मात्र सार्वजनिक भएको छ । 

सम्पुर्ण पक्ष निकै दमदार रहेको सो गीतमा माया प्रेमलाई विषय बनाइएको छ । जीवनले पछिल्लो समय एक पछि अर्को उत्कृष्ट गीतहरु सार्वजनिक गरिरहेका छन । २ बर्ष पहिले मात्र यो क्षेत्रमा प्रवेश गरेका कँडेलका एक दर्जन हाराहारीमा गीतहरु सार्वजनिक भइसकेका छन । 

उनको पछिल्लो गीतमा लय तथा शब्द सिर्जना कँडेलकै रहेको छ भने गीतमा प्रताप दास र रचना रिमालले आवाज दिएका छन । 

गीतका म्युजिक भिडियो निर्देशन मौषम हिमालीले गरेका छन भने विजय पुन र गरिमा शर्माको अभिनय रहेको छ । गीतलाई जीवन साथी युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । 

गीत सार्वजनिक भएपछि आर्थिक सन्देशसँग कुरा गर्दै कँडेलले दर्शक स्रोताको मायालेनै यो क्षेत्रमा निरन्तर कलम चलाईरहेको बताउनु भयो । साथै उहाँले आफ्नो पछिल्लो सिर्जना समेत दर्शक स्रोताले मन पराइदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो । 

 

 

प्रतिक्रिया