काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा संकटको भूमरीमा परेका छन् । आफ्नै सहकर्मी, पूर्वप्रधानन्यायाधीश र नेपाल बार एसोशिएसनले राजिनामा दिन दबा दिए पछि अप्ठ्यारोमा परेका हुन् । चार जना पूर्वप्रधानन्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिनु सुझाएका छन् ।
पूर्वप्रधानन्यायाधीशहरूमीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ, र सुशिला कार्कीले आज संयुक्त विज्ञप्ति जारी गर्दै प्रजातन्त्र, राष्ट्र तथा न्यायपालिकाको लागि मार्ग प्रशस्त गर्न भनेका हुन् । उनीहरुले अहिले न्यायपालिकाको नेतृत्वले विश्वास गुम्ने काम गरेको पनि आरोप लगाएका छन् । ‘वर्तमान न्यायिक नेतृत्वले आफ्नो विश्वसनीयता र ग्राह्यता पुष्टी गर्न पहलकदमी लिएको हालसम्म देखिन नआउनु चिन्तालाग्दो स्थिति हो भन्ने लाग्दछ’ विज्ञप्तिमा भनिएको छ ।
नेपाल बार एशोसिएशनले चोलेन्द्र समशेर जबराले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार बसेको बारको बैठकले प्रधानन्यायाधीशले सोमबार बैठक बेलाउने भने पनि नबोलाएको र सर्वोच्च अदालतभित्रका न्यायाधीशहरूले बैठक बहिष्कार गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै प्रधान्यायाधीश राणाले पदबाट राजीनामा दिएर निकास दिनुपर्ने निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशका कारण जनताले न्याय पाउन नसकेको बताए ।