फेरि बढ्न थाल्यो कोरोना संक्रमण, यस्तो छ पछिल्लो २४ घण्टको अपडेट

बितेको २४ घण्टामा देशभर १६ हजार ८४४ जनामा परीक्षण हुँदा १ हजार ७६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

सोही अवधिमा काठमाडौं उपत्यकामा मात्रै ४९५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार २२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया