चैत्रको लागि बैंकले ब्याजदर नबढाउने,शेयर बजारलाई सञ्जीवनी

काठमाडौं - चैत्र महिनाको लागि बैंकहरुले ब्याजदर स्थिर राख्ने संकेत गरेका छन् । ब्याज बढाउँदा पनि बचतमा खासै वृद्धि नभएपछि बैंकहरु यस्तो निष्कर्षमा पुगेका हुन् । 

फागुन महिनाको लागि मुद्वतिमा अधिकतम १२ प्रतिशत सम्म ब्याज दिएका छन् । माघमा स्थिर रहेको ब्याजदर फागुनको लागि भने बढेको थियो । 

यता अर्थमन्त्री जनार्दन शर्माले अब ब्याजदर नबढ्ने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई दबाब दिएको खुलासा भएको छ। उद्योगी व्यापारीहरु यस्तो चर्को ब्याजमा काम गर्न नसकिने भन्दै अर्थमन्त्रालयमा डेलिगेसनमा गैरहेको र अब व्याजदर बढ्न नदिने प्रतिबद्धता अर्थमन्त्रीले जनाएको एक प्रतिष्ठित उद्योगीले बताए । 

चुनाव नजिकै रहेको र यतिखेर उद्योगी/व्यापारीहरुको आर्थिक सहयोगको विशेष महत्व रहेको बेला उद्योगी/व्यापारीहरुलाई चिढाउने पक्षमा अर्थमन्त्री नरहेको पनि बुझिन आएको छ।  त्यसैले अर्थमन्त्रीले राष्ट्र बैंकका गभर्नरसँग चैत्रमा व्याजदर नबढाउन के गर्न सकिन्छ भनेर छलफल गरिसकेको जानकारी राष्ट्र बैंकको उच्च स्रोतबाट प्राप्त भएको छ। 

फागुन महिना शेयर बजार निकै ओरालो लाग्यो । जसको मुख्य एउटा कारण ब्याजदर वृद्धि हुनु पनि थियो । चैत्र महिनाको लागि ब्याजदर स्थिर हुने भएपछि शेयर बजारलाई त्यसको राम्रो प्रभाव पर्ने जानकारीको बुझाइ छ । 

 

प्रतिक्रिया