काठमाडौं - मुसिकोट नगरपालिका–२ अमिलेका ३३ वर्षीय केशव के.सी. बैशाख २ गते पोखराको लेकसाइड क्षेत्रबाट हराएको परिवारले जनाएको छ।
परिवारका अनुसार सो दिनपछि हालसम्म उहाँको कुनै सम्पर्क नभएको हुँदा चिन्ताजनक अवस्था सिर्जना भएको छ।
यदि कसैले उहाँलाई कतै देख्नुभएको वा फेला पार्नुभएको छ भने नजिकको प्रहरी चौकीमा जानकारी गराइदिन वा मोबाइल नम्बर ९८४३१५५८७१ वा ९८६७२४०२४३ मा सम्पर्क गर्न परिवारले अपिल गरेका छन्।