बिहीबार पाँच सयले वृद्धि सुनको मूल्य

काठमाडौ - सुनचाँदीको मूल्य लगातार दोश्रो दिन पनि मंगिएकोे छ ।

भदौ ९ गते, सुन तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ । बिहीबार चाँदी पनि १० रुपैयाँले उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार भने सुनको मूल्य ११ दिनपछि बढेको थियो । त्यस दिन, सुन तोलामा ३०० रुपैयाँले उकालो लागेर प्रतितोला ९५ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

बिहीबार सुनसँगै चाँदीको मूल्य पनि बढोत्तरी भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँले महंगिएर प्रतितोला एक हजार १७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

अघिल्लाे काराेबार दिन पनि चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढ्दा प्रतितोला एक हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया