काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन रिइन्सुरेन्स लिमिटेडको पहिलो कारोबार आजबाट सुरु भएको छ ।
सोमबार स्पेसल प्रि ओपनिङ सेसनमा हिमालयनको पहिलो कारोबार प्रतिकित्ता ३०९.२० रुपैयाँमा सुरु भएको हो । सोही मूल्यलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ ।
नेप्सेले यसको पहिलो कारोबारका लागि प्रतिकित्ता १०३.०७ रुपैयाँदेखि ३०९.२१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो ।उक्त रेन्जको अधिकतम विन्दुबाट कम्पनीको सेयर कारोबार खुला भएको हो । हिमालयनको चुक्ता पुँजीका आधारमा कायम १० करोड कित्ता सेयर आइतबार सूचीकरण भएको हो । नेप्सेमा ‘एचआरएल’ संकेतमा यसको नियमित सेयर कारोबार हुनेछ ।