• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

मंगलबार प्रिओपन सेसनमा २ अंकले बढ्यो शेयर बजार

काठमाण्डौ । सोमबारको सार्वजनिक विदा पछि खुलेको शेयर बजारमा मंगलबार प्रिओपन सेसनमा २.३७ विन्दुले नेप्से बढेर सगम्र बजार ३०४७ विन्दुमा पुगेको छ । 

यो सेसनमा आज ६४ कम्पनीहरुको १ करोड २७ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ । शेयर कारोबार भएका मध्य २७ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १७ कम्पनीहरुको शेयर मुल्य भने घटेको छ । त्यस्तै १८ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । 

आइतबार अर्धसतक हाराहारीमा घटेर शेयर बजार बन्द भएको थियो । राष्ट्र बैकको मौद्रिक नितिपछि शेयर बजार ओरालो लागिरहेको छ । यो सेसनमा आज अरुण कावेली जलविद्युत कम्पनकिो शेयर सबै भन्दा धेरै खरिद विक्रि भएको छ । 

प्रतिक्रिया