काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि सुरु हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले बिहीबार विज्ञप्ति जारी गर्दै एनपीएल दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने जानकारी दिएका छन्।
यसअघि झैँ दोस्रो संस्करणको खेल पनि काठमाडौंको त्रिवि क्रिकेट मैदानमै आयोजना गरिने भएको छ। पहिलो संस्करण २०८१ साल मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म सम्पन्न भएको थियो।
प्रतियोगिताको खेल तालिका भने केही समयपछि सार्वजनिक गरिने क्यानले जनाएको छ। यसअघिको तयारीक्रमअनुसार साउन २४ गते दोस्रो संस्करणका लागि मिनी अक्सन सम्पन्न भएको थियो। अक्सनअघि सहभागी ८ टिमले खेलाडी रिटेन तथा रिलिज गरेका थिए।