काठमाडौं । तीजमा धेरै गीत सार्वजनिक गर्ने गायकको रूपमा चर्चित सूर्य खड्काले यो वर्षको पहिलो तीज गीत ‘तनावै तनाव छ जिन्दगी’ सार्वजनिक गरेका छन्। जीवन भोगाइमा आधारित यस गीतले छोटो समयमै दर्शकको ध्यान तानेको छ।
गीतमा उत्कृष्ट शब्द संयोजन र सुमधुर लय रहेको छ। गीतको शब्द तथा लय स्वयं सूर्य खड्काको रहेको छ भने समिक्षा अधिकारीले उनलाई स्वरमा साथ दिएकी छन्।
गीतको म्युजिक भिडियो जीवन ज्ञवालीको निर्देशनमा तयार पारिएको हो। याम थापा मगरको संगीत संयोजन रहेको गीतको भिडियोमा सुरेश कोहली र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ।