काठमाण्डौ । बुधबार पनि नेप्से १६ अंक भन्दा धेरैले घटेर २८०० विन्दुमा आइपुगेको छ ।
यो साता नेप्से निरन्तर ओरालो लागिरहेको छ भने कारोबा रकम समेत घटेको छ । केहि दिन देखि ५ अर्व हाराहारीको शेयर खरिद विक्री भएको थियो भने यो उचाई विस अर्व सम्म पुगेको थियो ।
कारोबार अवधिभर २२२ कम्पनीहरुको शेयर कारोबार भएकोमा ५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ११६ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै १२ कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।
आज नेप्सेका प्राय सबै उपसूचकमा रातो पोतिएको छ भने विकास बैक र लद्युवित्तको सामान्य बढेको छ । आज छिमेकी लद्युवित्तको शेयर सबै भन्दा धेरै कारोबार भएको छ ।