मोलुङ्ग हाइड्रोपावरको आईपीओमा करिब साढे ११ लाखको आवेदन

काठमाडौं - मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गतेदेखि निष्काशन गरेको आईपीओमा करिब साढे ११ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गको अनुसार सोमबार साँझ ५ः०४ बजेसम्ममा ११ लाख ४४ हजार १३९ जना आवेदकले १ अर्ब २८ करोड ५९ लाख ५ हजार रुपैयाँ बराबरको १ करोड २८ लाख ५९ हजार ५० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको २२ लाख ६४ हजार ६५५ कित्ता शेयरको ५.६७ गुणा बढी हुन आउँछ ।

कम्पनीले सार्वजनिक निष्काशनका लागि आफ्नो जारी पूँजीको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता शेयर छुट्याएको थियो।

प्रतिक्रिया