बढ्यो सुनको मूल्य कति पुग्यो तोलामा

काठमाडौंं - आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा आज सुनको मूल्य बढेको हो ।

हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ९०० रुपैयाँ थियो । जुन, २०० रुपैयाँले बढ्दै छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार १०० रुपैयाँ छ ।

महासंघले हिजो सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको जानकारी दिएको थियो । आइतबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ८०० र तेजाबी सुनको मूल्य ९५ हजार ३०० रुपैयाँ थियो । जुन, हिजो सोमबार ४०० रुपैयाँले घटेको हो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम रहेको जनाएको छ । हिजो सोमबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

प्रतिक्रिया