काठमाडौं । नेपालमा रहेका बैंकहरुले मंसिर महिनाको लागि आफ्नो ब्याजदर सार्वजनिक गरेका छन । ब्याजदरमा चर्को प्रतिस्पर्धा रहेको अबस्थामा आविआईले नयाँ सर्कुल जारि गरेपछि सोहि अनुरुप बैकहरुले ब्याजदर सार्वजनिक गरेका छन ।
अधिकांश बैंकहरुले व्यक्तिगत मुद्दतीमा १०।०५५ दिने जनाएका छन् । कात्तिक महिनामा अधिकांश बैंकहरुले ९।३६ ब्याजदर दिएका थिए । जसअनुसार बैंकहरुले एक महिनाको अवधिमा अधिकांश बैंकले ०।६९ ब्याजदर बढाएका हुन् । यसअघि कात्तिकमा बैंकहरुले ब्याजदर ह्वातै बढाउन खोज्दा केन्द्रीय बैंकले निर्देशन जारी गर्दै अंकुश लगाएको थियो ।
केन्द्रीय बैंकको निर्देशनअनुसार अघिल्लो महिना कायम ब्याजदरमा १० प्रतिशत भन्दा बढीले परिवर्तन गर्न नपाइने व्यवस्था गरेको छ । त्यो पनि अहिले त औसत हिसाब गरेर मात्र बढाउन पाइनेछ । सोहीअनुसार वाणिज्य बैंकहरुले मंसिर महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । हालसम्म १९ वाणिज्य बैंकले मंसिर महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर यस्तो छ