काठमाडाैं - अघिल्लो आर्थिक वर्ष गरेको नाफाबाट विभिन्न कम्पनीहरूले बोनस र नगद लाभंश घोषणा गर्ने सिजन हो यो। केहीले घोषणा गरिसकेका छन् भने केही घोषणा गर्ने क्रममा रहेका छन्। बोनसको सिजन भएर पनि सेयरबजारमा यो समय केही रौनकता थपिएको छ।
यसै बीचमा ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले अघिल्लो आर्थिक वर्षको वितरणयोग्य मुनाफा र पूँजी समायोजन कोषबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ५.५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो।
बैंकको सञ्चालक समितिको असोज २१ गते सोमबार बसेको बैठकले यो लाभांश वितरण गर्ने निर्णय पारित गरेको हो।
उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेपछि र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ।