नेपालको अर्थतन्त्रमा संकट आएको छैन - अर्थमन्त्री शर्मा

काठमाडौं -  मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले नेपालको अर्थतन्त्रमा संकट नआएको बताएका छैन । 

गभर्नर निलम्बनपछि चौतर्फी आलोचना खेपिरहेका अर्थमन्त्री जनार्दन शर्माले मंगलबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन ।

अर्थमन्त्री शर्माले भने‘अर्थत्रन्त्र खराब हुँदै गएको भन्दै राजनीतिकरण गरेर कुनै फाइदा हुँदैन, १० बर्षको ट्रेन हेर्दा जुन संकटमा अर्थतन्त्र गयो भनेर अफवाह फैलाइएको छ’ ।उनले पत्रकार सम्मेलनमा नेपालको आर्थिक अवस्था बारे अर्थमन्त्रालय यसमा गहन रुपमा लागेको जानकारी दिए ।

एमालेका तीन जना पूर्व अर्थमन्त्रीले पत्रकार सम्मेलन गरेकाे भाेलीपल्टै अर्थमन्त्री शर्माले अाफ्नाे बचाउ गर्दै पत्रकार सम्मेलन गरेका छन् । 

प्रतिक्रिया