फागुन महिनाको सुरुवातमा सुनचाँदीको मूल्य स्थिर

काठमाडौंं - फागुन महिनाको पहिलो दिन, सुन र चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार सुनको भाउ माघ २९ गतेकै भाउमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४ हजार ९०० रुपैयाँ कायम रहेको छ । यस दिन तेजाबी सुन प्रतितोला एक लाख तीन हजार ५०० रुपैयाँमा खरिद बिक्री हुँदैछ ।

माघको अन्तिम दिन, सुन तोलामा ४०० रुपैयाँले महंगिएको थियो ।सोमबार चाँदीको भाउ स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँमा किनबेच हुँदैछ । आइतबार चाँदी तोलामा पाँच रुपैयाँले बढेको थियो ।

प्रतिक्रिया