अर्जुन र सम्झनाको स्याइ स्याइले दर्शक नचाउँदै 

काठमाडौं । नेपाली महिलाहरूको विशेष पर्व हरितालिका तीजको अवसरमा तीज गीतहरू धमाधम सार्वजनिक भइरहेका छन । यसैबीच निकै रमाइलो खालको गीत स्याइ स्याइ भर्खर मात्र सार्वजनिक भएको छ । 

लोकप्रिय गायिका सम्झना भण्डारी र चर्चित गायक अर्जुन सापकोटाको आवाज रहेको गीतमा कृष्ण बस्यालले निकै चोटिला शब्द लेखेका छन भने गायक सापकोटाले गीतको लय बनाएका छन । माया प्रेमलाई विषय बनाइ गीत तयार पारिएको छ । 

गीतको भिडियो पनि आकर्षक बनाइएको छ। भिडियोमा अर्जुन सापकोटा र अलिशा बास्तोलाको अभिनय गरेका छन भने भिडियोलाई स्मृति तिमिल्सिना ‘ निर्देशन गरेकी हुन् ।

सुरेश श्रेष्ठ भिडियोका सिनेम्याटोग्राफर हुन् भने प्रकाश धमलाले भिडियोको सम्पादन गरेका हुन् । यो गीतका प्रस्तुतकर्ता पनि कृष्ण नै हुन् । कृष्णले आफ्नै युट्युब च्यानलबाट गीत रिलिज गरेका हुन् ।

 

प्रतिक्रिया