नयाँ मन्त्रीको काम - एक घण्टामै श्रम स्वीकृति

काठमाडौँ । श्रम स्वीकृति लिन नेपालीहरुले भोग्दै आएको सास्ती अब भने केही सहज हुने देखिएको छ । नयाँ मन्त्री आएसँगै अब सहज रूपमा श्रम स्वीकृति लिन सकिने भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारहरूका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरेको छ ।

सामान्यतया अहिले सबै कागजात अनलाइन गरिसकेपछि पनि श्रम लिनलाई दुईदेखि चार दिनसम्म रोकिनुपर्छ तर अब भने एक एकै घण्टामा श्रम तयार हुने मन्त्रालयको भनाई छ ।

यता श्रम विभागमा कार्यरत कर्मचारीले भने पटक पटक सरबरमा समस्या देखिएको कारण अहिलेपनी एक व्यक्तिको श्रम गर्न ७२ घण्टा भन्दा बढी समय लाग्ने गरेको जानकारी दिएका छन्।

प्रतिक्रिया