काठमाण्डौ - सानिमा लाईफ इन्स्योरेन्सको शेयर मूल्यमा मंगलबार पनि करिव १ घण्टाको कारोबार पछि सर्किट लागेको छ ।
अघिल्लो हप्तादेखि दोस्रो बजारमा प्रवेश गरेको यो कम्पनीको शेयर मूल्यमा लगातार सर्किट लागिरहेको छ । आज मात्र १० प्रतिशतले शेयर मूल्य बढेर ४५२ प्रति शेयर मूल्य पुगेको छ ।
यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर ११० कित्ताको कारोबार भएको छ भने ६ लाख हाराहारीमा शेयर खरिदको लागि माग समेत रहेको छ ।