काठमाडौं - मंगलबार पनि नेप्से परिसूचक लगातार बढेर २१ सयमाथी पुगेको छ । यो सँगै कारोबार रकम पनि ६ अर्ब नजिक पुगेको छ ।
यस दिन नेप्से परिसूचक ४५.९८ अंक बढेर २१०६.४८ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ७.०५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४८ अंक बढेको छ।
यस दिन ३१३ स्टकको ९९ हजार ६४१ पटकको कारोबारमा ५ अर्ब ९८ करोड ४६ लाख रुपैयाँ बराबरको १ करोड ६४ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज एक दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।