काठमाडौं - सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा एक अर्ब रुपैयाँ भन्दा बढीको आवेदन परेको छ ।
कम्पनीको आईपीओ शुक्रबार दिउँसो १ः४२ बजेसम्ममा ९ लाख ७२ हजार ७९३ वटा आवेदनबाट १ अर्ब १० करोड ३७ लाख ४५ हजार रुपैयाँ बराबरको १ करोड १० लाख ३७ हजार ४५० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणलाई निष्काशन गरेको १० लाख ५८ हजार कित्ता शेयरको १०.४३ गुणा बढी हुन आउँछ ।