के तपाईंको बैंकमा लगानी छ ? यस्ता छन् सबै भन्दा राम्रो EPS भएका बैंकहरु

काठमाडौं - नेपालमा रहेका २७ बैंकहरु मध्य अधिकांस बैंकहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यस बीच बैंकहरुले राम्रो नाफा आर्जन गरेको देखिएको छ । 

समग्रमा बैंकको प्रति शेयर आम्दानी हेर्दा १९ रुपैयाँ हाराहारी रहेको छ ।  गत आर्थिक बर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको प्रतिशेयर आम्दानी औषतमा १९ रुपैयाँ ४२ पैसा रहेको थियो । 

 

११ बैंकको ईपीएस बढेको छ भने बाँकी १६ वटा बैंकको ईपीएस घटेको छ । एनआईसी एशिया, सिद्धार्थ बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, कृषि विकास बैंक, मेगा बैंक, नेपाल एसबिआई बैंक, एनसीसी बैंक, सेञ्चुरी बैंक र सिभिल बैंकको ईपीएस बढाएका छन् ।समीक्षा अवधिमा एनआईसी एशियाको सबैभन्दा बढी ४१ रुपैयाँ ४३ पैसा प्रतिशेयर आमदानी रहेको छ भने सबैभन्दा कम हिमालयन बैंकको ११ रुपैयाँ ४७ पैसा प्रतिशेयर आम्दानी रहेको छ ।

त्यस्तै, सिद्धार्थ बैंकले प्रतिशेयर आम्दानी सबैभन्दा बढी १० रुपैयाँ ४१ पैसा बढेर २५ रुपैयाँ १२ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ७१ पैसा रहेको थियो ।

प्रतिक्रिया