दोहोरो अंकले बजार घट्दा कारोबार रकम न्यून

काठमाडौं । मंगलबार शेयर बजारमा दोहोरो भारी गिरावट आएको छ । आज नेप्से परिसूचक १६।०६ अंकले घटेको हो ।

साताको तेस्रो कारोबार दिन बजार परिसुचक १८५५।१६ अंकको बिन्दुमा पुगेर बन्द भएको हो । आज व्यापारा समूह ०।८ अंक, होटल तथा पर्यटन ०।८ अंक, म्युचुअल फण्ड ०।०४ अंकले वृद्धि भएको छ । यी बाहेकका सबैसमूहहरु राताम्मे बनेका छन् ।


उक्त दिन कारोबार रकम ५५ करोड २७ लाख १२ हजार रुपैयाँमा सिमित भएको छ । आज नबिल बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । आज बैंकको ३ करोड १० लाख ९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय