पहिलो महिनामै व्यापार घाटा एक खर्ब १९ अर्ब नाघ्यो

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालले एक खर्ब १९ अर्ब ११ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको तथ्याङ्कअनुसार वस्तु व्यापार घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.५ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा भने घाटा ०.४ प्रतिशतले मात्र बढेको थियो ।

यस अवधिमा कुल आयात ११.४ प्रतिशतले वृद्धि भई एक खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा आयात ०.६ प्रतिशतले घटेको थियो । त्यस्तै, निर्यात ९५.७ प्रतिशतले बढेर २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा निर्यात ९.६ प्रतिशतले घटेको थियो ।

वस्तुगत आधारमा हेर्दा भटमासको तेल, पाम तेल, पोलिस्टर धागो, अलैंची र जुटजन्य सामग्रीको निर्यात बढेको छ भने जिंक सिट, पार्टिकल बोर्ड, ऊनी गलैंचा, धागो र चियाको निर्यात घटेको देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय