नबिल बैंकको लाभांश पाँउन कहिले सम्म बन्नु पर्छ शेयर धनी ?

काठमाडौं । नबिल बैंकले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ३३।६०५ बोनस सेयर र करसहित ४।४०५ नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ ।

यस्तै, अधिकृत पुँजी १९ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव रहेको छ । सभामार्फत संस्थापक सेयरधनी समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेण्डा पनि रहेको छ । 
 
यता, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको ३ करोड ४४ लाख रुपैयाँ अनुमोदन हुनेछ । सभा बैंकको केन्द्रीय कार्यालय परिसर, दरबारमार्ग काठमाडौंमा बिहान ९ः३० बजे सुरु हुनेछ ।

सभा गर्न पुस १६ गते बुक क्लोज हुनेछ । तसर्थ, पुस १५ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया