घट्यो पेट्रोलको मूल्य, प्रति लिटर कति?

काठमाडौंँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनअनुसार निगमले आइतबार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य  प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । 

यस्तै यस्तै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २० र बाह्यतर्फ ३० रुपैयाँ घटाइएको निगमले जनाएको छ । 
मूल्य घटेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७५ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया