शेयर बजारमा २१ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.८७ अंकले घटेर २८६७.७६ विन्दुमा कायम भएको छ । पछिल्लो समय मौद्रिक नीतिपछि लगातार उकालो लागेको बजारमा आज करेक्शन आएको देखिएको हो ।

लगातार तीन दिनसम्म वृद्धि देखिएको बजारमा आइतबार विभिन्न सूचकहरूमा मिलाजुलो अवस्था देखिएको छ । होटल तथा पर्यटन समूहमा ८३.५५ अंकको, जीवन बीमा समूहमा १६१.४४ अंकको र निर्जीवन बीमामा १६५.९८ अंकको वृद्धि भएको छ । त्यस्तै, अन्य समूह ७९.१३ अंकले र म्युचुअल फन्ड समूह ०.०८ अंकले उकालो लागेको छ ।

यता, बैंकिङ समूह २२.४६ अंकले, विकास बैंक १२.१७ अंकले, फाइनान्स समूह ५८.६९ अंकले, जलविद्युत १६.६५ अंकले, उत्पादन तथा प्रशोधन १०४.६१ अंकले र लघुवित्त समूह १९.५९ अंकले घटेका छन् ।

बजार सूचक सामान्य रूपमा घटे पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको देखिएको छ । आज कूल २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया