भण्डारण क्षमता बढाउँदै आयल निगम, रुपन्देहीमा नयाँ डिपो बन्ने

काठमाडौं : नेपाल आयल निगमले रुपन्देहीमा अत्याधुनिक सुविधा सम्पन्न प्रादेशिक इन्धन डिपो निर्माण गर्ने तयारी गरेको छ।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निगमले भण्डारण क्षमता अभिवृद्धि परियोजना अन्तर्गत रोहिणी र ओमसतिया गाउँपालिकास्थित करिब साढे २५ बिघा क्षेत्रफलमा डिपो निर्माण गर्न लागिएको जानकारी दिएको हो। यसका लागि काठमाडौं विश्वविद्यालयले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निगमलाई हस्तान्तरण गरिएको छ।

परियोजनाका लागि ११ बिघा जमिन खरिद भइसकेको छ भने थप साढे ८ बिघा जग्गा निगमको स्वामित्वमा ल्याउन गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमार्फत प्रक्रिया अघि बढाइएको छ। कर बाहेक परियोजनाको लागत करिब ५ अर्ब ७९ करोड ३० लाख रुपैयाँ अनुमान गरिएको भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख प्रदीप कुमार यादवले जानकारी दिए।

हाल रुपन्देहीको भलवारी डिपोमा पेट्रोल ५१९ किलोलिटर, डिजेल ३ हजार ४० किलोलिटर र मट्टितेल २८० किलोलिटर मात्र भण्डारण क्षमता छ। नयाँ डिपोमा भने ४५०० किलोलिटर क्षमताका तीनवटा डिजेल भर्टिकल ट्याङ्क, २१०० किलोलिटर क्षमताका दुईवटा र ७६० किलोलिटर क्षमताको एक पेट्रोल ट्याङ्क रहनेछन्। साथै, ७६ किलोलिटर क्षमताका तीन मट्टितेलका भर्टिकल ट्याङ्कसमेत रहने निगमले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय