काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ८३.३३ अंकले उकालो लाग्दै ३.११ प्रतिशत वृद्धि सहित २७६० बिन्दुमा पुगेको छ ।
आजको कारोबारमा लगानीकर्ताको उत्साह बढेको देखिएको छ । कुल १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने २ अर्ब ५१ करोड ५५ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको जनाइएको छ ।
बजार बढेसँगै अधिकांश कम्पनीको मूल्य उकालो लागेको छ । आज २६४ वटा कम्पनीको शेयर मूल्य बढ्दा जम्मा ३ कम्पनीको मूल्य घटेको छ । एक कम्पनीको मूल्य भने स्थिर रहेको छ ।