काठमाडाैं - समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) ले आज कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) खुला गरेको छ। यो एफपीओ लघुवित्तको पूँजी संरचना सुधार गर्दै संस्थापकको ६९.४८% र सर्वसाधारणको ३०.५२% शेयर संरचना मिलाउन जारी गरिएको हो।
लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरका ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ शेयर निष्काशन गर्दैछ, जसका लागि लगानीकर्ताले कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन्। पर्याप्त आवेदन नपरेमा अवधि कात्तिक २६ सम्म लम्बिन सक्छ।
यो एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। लघुवित्तलाई इक्रा नेपालले "डबल बी माइनस" रेटिङ्ग दिएको छ, जसले मध्यम वित्तीय जोखिम संकेत गर्दछ।
धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ, र लगानीकर्ताले सि–आस्बा प्रणाली मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।