• गृहपृष्ठ /
  • समाचार ,
  • Breaking News ,
  • मुख्य खबर ,
  • व्यापार/व्यवसाय ,
  • बजार

सुनचाँदी व्यवसायीलाई खुसीको खबर,लामो समयदेखि रोकिएको सुनचाँदी आयात फेरि सुरु हुने

काठमाडौं - करिब एक महिनादेखि रोकिएको सुनचाँदी आयात फेरि शुरु हुने भएको छ ।आयात ठप्प भएपछि गत चैत २४ गतेदेखि व्यवसायीहरुलाई सुनचाँदी वितरण रोकिएको थियो ।

तत्कालीन समयमा उच्च आयातका कारण तरलता अभाव भएको भन्दै सुनचाँदी आयातका लागि एलसी खोल्न नै बन्द गरिएको थियो । एलसी खोल्न बन्द भएपछि व्यवसायीहरुले सुनचाँदी पाउन छाडेका थिए ।

जसले गर्दा व्यापारमा मन्दी छाएको थियो । र, व्यवसायीहरुले ग्राहकलाई नयाँ सुनका गहना दिन सकेका थिएनन् ।त्यसपछि लामो समयसम्म सुनचाँदीको अभावको व्यवसाय सञ्चालनमा समस्या आएको व्यवसायीहरुले गुनासो गर्र्दै आएका थिए ।

तर अब भने उक्त समस्या समाधान हुन लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ व्यवसायीहरुको आग्रहमा बैंकहरु सुनचाँदी आयातका लागि सहमत भएका हुन् । महासंघका अनुसार अहिले बैंकहरुले यसका लागि एलसी खोल्न थालिसकेको र एक सातापछि दैनिक १० केजीका दरले पाइनेछ ।

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई मौखिक अनुरोधका आधारमा बैंकहरुले सुनचाँदी आयातका लागि एलसी खोल्न बन्द गरेका थिए ।त्यसअघि गत मंसिरमा एक पटकमा ४० केजीभन्दा बढी चाँदी ल्याउन नपाउने व्यवस्था गरिएको थियो ।

त्यस्तै, पुसमा नेपाल राष्ट्र बैंकले आयात गर्दा प्रतितपत्र (एलसी) मार्जिनको व्यवस्था गरेको थियो ।तर चैतमा राष्ट्र बैंकको निर्देशनमा बैंकर्स संघले एलसी नखोलने निर्णय गरेसँगै सुनचाँदी व्यवसायीहरूले सुनचाँदी पाउन सकेका थिएनन् ।

महासंघका महासचिव धर्मभक्त बज्राचार्यका अनुसार सरकारले सुनचाँदीको आयात खुला गरेपनि व्यवसायीहरुले पनि अझै नपाएको बताए ।‘अहिले बैंकहरूले आयातका लागि एलसी खोल्न थालिसकेका छन्,’ उनले भने, ‘विस्तारै सुन आपूर्तिमा सहज हुनेछ ।’

उनका अनुसार अब केही समयमै व्यवसायीहरुले दैनिक १० केजीका दरले सुन पाउने बताए । उनले ईदलगायतका अन्य विदाका कारण आयात तत्कालका लागि प्रभावित भएको बताए ।

प्रतिक्रिया