‘काली पसम कि २’ बाट जेरि भण्डारी उत्कृष्ट निर्देशक, स्मारिका ढकाल उत्कृष्ट मोडल

काठमाडौं । यस वर्षको तीजका गीतमध्ये चर्चामा परेको ‘काली पसम कि २’ बाट निर्देशक जेरि भण्डारी र मोडल स्मारिका ढकालले अवार्ड हात पारेका छन्।

शुक्रबार सम्पन्न १२औं छायाँछवि तीज म्युजिक अवार्डमा जेरि भण्डारीले उत्कृष्ट निर्देशकको सम्मान पाएका हुन्। त्यस्तै, सोही गीतबाट मोडल स्मारिका ढकाललाई उत्कृष्ट मोडलको अवार्ड प्रदान गरिएको छ।

गीतले अघिल्लो वर्षको तुलनामा अपेक्षित सफलता नपाए पनि दर्शक–श्रोताबाट राम्रो प्रतिक्रिया पाएको थियो। अवार्ड जितेपछि निर्देशक भण्डारीले आयोजक तथा सम्पूर्ण टिमलाई धन्यवाद दिँदै यस उपलब्धिले आफूलाई थप प्रेरणा मिलेको बताए। उनले गीतका टिमसँगै प्रेम सापकोटा ‘सोनु’ प्रती आभार व्यक्त गरेका थिए।

त्यस्तै, अवार्ड जितेकी मोडल स्मारिका ढकालले खुशीसहित जिम्मेवारी अझ बढेको प्रतिक्रिया दिएकी छिन्।

 

प्रतिक्रिया