शुभम् पावरको आइपीओ शुक्रबार बाँडफाँट हुने,४८ हजार भाग्यमानीले पाउनेछन् शेयर

काठमाडौं । शुभम् पावर लिमिटेडले आइपीओ बाँडफाँटको मिति तय गरेको छ । कम्पनीको आइपीओ शुक्रबार (माघ २७ गते) बाँडफाँट गर्ने तयारी रहेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले तयारी गरेको छ .।

कम्पनीको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ३१.२८ गुणा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।

यसमा १३ लाख ६० हजार ९७ जनाले कुल १ करोड ५० लाख ७३ हजार ६४० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ४८ हजार १८८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ११ हजार ९०९ जनाको भने हात खाली हुनेछ ।

 

कम्पनीले माघ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले कुल ५ लाख ८० हजार ५८० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । यस्तै, ५ प्रतिशत अर्थात् २९ हजार ३० कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ११ हाजर ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएर बाँकी रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो ।

प्रतिक्रिया