नेप्से दोहोरो अङ्कले बढ्दा कारोबार रकम ५ अर्ब नजिक

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार बढेको छ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक १.३० प्रतिशतले बढेको छ । योसँगै नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ बिन्दुमा रोकिएको छ ।

कारोबार अवधिभर ३२० कम्पनीको १ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८० करोड ४४ हजार रुपैयाँको कारोबार भएको छ । बजार बढ्दा लगानीकर्ताले प्रोफिट बुक गर्न खोजेको देखिन्छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस दिन २१५ कम्पनीको सेयरमूल्य बढेको छ भने २६ कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

यस दिन फाइनान्स समूह बाहेक अन्य सबै सूचकमा हरियाली छाएको छ । लगानीकर्ता फाइनान्स छाडेर विकास बैंक समूहतर्फ आकर्षित भएको देखिन्छ । यस विकास बैंक समूह ४.९० प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ १.१, होटल तथा पर्यटन २.५३, हाइड्रोपावर १.६२, लगानी १.१३, जीवन बीमा ०.९६, उत्पादन ०.३६, माइक्रोफाइनान्स १.४१, निर्जीवन बीमा २.३९, अन्य ०.३०, ब्यापार ०.७५ प्रतिशत बढे । फाइनान्स समूह भने १.१८ प्रतिशत घट्यो ।

कर्पोरेट डेभलपमेन्ट बैंक र इनिफिनिटी लघुवित्तको मूल्य १० प्रतिशत बढेको छ । ग्रीन डेभलपमेन्ट बैंकको ८.२, बोटलर्स नेपाल बालाजुको ७.६, साइन रेसुङ्गाको ७.२, पिपुल्स पावरको ६.३, आरएसडीसी लघुवित्तको ६ प्रतिशत मूल्य बढेको छ ।

यता, पोखरा फाइनान्सको ७.१, गुराँस लघुवित्तको ६.६, बोटलर्स नेपाल बालाजुको ५.७, गोर्खाज फाइनान्सको ४.६ र प्रोग्रेसिभ फाइनान्सको ३.८ प्रतिशत मूल्य घटेको छ ।

यस दिन साइन रेसुङ्गा विकास बैंक, पोखरा फाइनान्स, गोर्खाज फाइनान्स, कामना सेवा विकास बैंक र नेपाल फाइनान्स अगाडि रहे ।

प्रतिक्रिया