युनियन लाइफ इन्स्योरेन्सको शेयर डिम्याट खातामा आयो,पहिलो कारोबार कतिमा होला ?

काठमाण्डौ - केही समय पहिला आइपीओ निष्कासन गरेको युनियन लाइफ इन्स्योरेन्सको शेयर हित ग्राही खातामा जम्मा भएको छ । 

 कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि ULI सिम्बाेल पाएकाे छ ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम ११५ रुपैयाँ १३ पैसादेखि र अधिकतम ३४५ रुपैयाँ ३९ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

कम्पनीको यही हप्ता द्रोसो बजारमा कारोबार हुने लगभग पक्का जस्तै छ । 

प्रतिक्रिया