काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १३ दशमलव ८२ अंकले घटेको छ। नेप्से घटेर २ हजार ६५४ दशमलव १५ बिन्दुमा झरेको हो। बुधबार नेप्से परिसूचक ४ दशमलव ७९ अंकले बढेको थियो।
नेप्से परिसूचक घटे पनि बिहीबार कारोबार रकम भने बढेको छ। आज ३४७ कम्पनीका १ करोड ८ लाख ४ हजार ४२६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
बुधबार ३५० कम्पनीका १ करोड ६७ हजार ७३२ कित्ता सेयर ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरमा कारोबार भएको थियो।
बिहीबार व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी १२ वटै समूहका उपसूचक घटेका छन्। आज ४ कम्पनीको सेयर मूल्य बढ्दा २०२ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज अपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै, ‘एलएस होराइजन १२’ म्युचुअल फन्ड योजनाको सेयर मूल्य सर्वाधिक ६ दशमलव ५० प्रतिशतले घटेको छ।