• गृहपृष्ठ /
  • समाचार ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

अफ्टेरो समयमा पनि निरन्तर संगीत कर्ममा बिष्णु खत्री,जन्म दिनमै नारीका वेदनामा बनेको मौलिको तीज गीत मुग्लिन - भिडियो सहित

काठमाण्डौ - दुई दशक लामो सफल सांगीतिक यात्रा पुरा गरेका लोकप्रिय गायक तथा कुसल सर्जक बिष्णु खत्री नेपाली सांगितीक क्षेत्रमा निकै चर्चित नाम हो । 

गीत संगीत अफ्टेरो अवस्थामा हुँदा देखि अहिलेको जटिल अवस्थामा आइरहदा सम्म पनि निरन्तर आफ्ना सांगीतिक कोसेली मार्फत आफ्नो दमदार उपस्थिति दिइरहेका छन् । 

नेपालीहरुको महान पर्व हरितालिका तीजको अवसरमा खत्रीले नयाँ गीत मुग्लिन भर्खर मात्र सार्वजनिक भएको छ । खत्रीको आजै जन्म दिन हो । जन्म दिनको अवसरमा आफ्नो नयाँ गीत सार्वजनिक गरिएको गायक खत्रीले हामीलाई बताउनु भयो । 

पछिल्लो समय देशमा बाढी पहिरोका कारण भोग्नु परेको समस्या गीतको माध्यम मार्फत उठाइएको छ । गीतको सम्पूर्ण पक्ष निकै दमदार र उत्कृष्ट रहेको छ । 

गीतमा खत्रीको नै लय तथा शब्द सिर्जना रहेको छ भने उनलाई आवाजमा रिना केसीले साथ दिएकी छन् । सो गीतको म्युजिक भिडियोमा ओबि रायमाझी र सारिका केसीको अभिनय रहेको छ भने होम गुरुङको निर्देशन रहेको छ । 

 

प्रतिक्रिया